काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४० जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा मात्र ३५ जना र ललितपुरमा ५ जना संक्रमित थपिएका छन् । भक्तपुरमा भने आज ० जना संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ सय ५३ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा ५ सय ३८ जना, भक्तपुरमा २४ जना र ललितपुर जिल्लामा १ सय ९१ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १६ पुगेको छ । आज थप ८७ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।७ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ८६ हजार ११९ पुगेको छ ।
प्रकाशित मितिः २०७९ असोज ०७ शुक्रबार
Comments