भक्तपुर । भक्तपुर सुर्यविनायक नगरपालिका–२ बालकोट रातोपुल स्थितमा दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–८ बस्ने १९ वर्षीय जोन भुजेल रहेको महानगरीय प्रहरी वृत थिमिले जनाएको छ ।
जेठ २ गते राति ११ बजे र जेठ ३ गते बिहान साढे ४ बजे दुई बालिकालाई बलात्कार गरेको आरोप उनी पक्राउ परेका हुन् । पीडित पक्षको जाहेरीका आधारमा प्रहरीले भुजेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका भुजेलमाथि थप आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।
Comments