काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एक उपप्रध्यापकसहित चार कर्मचारीमाथि स्पष्टीकरण सोधेको छ । त्रिवि कर्मचारी प्रशासन महाशाखाले त्रिविको सम्पर्कमा नआएको भन्दै स्पष्टिकरण सोधेको हो ।
जसमा रत्नराज्य क्याम्पसका उपप्राध्यापक चीरञ्जीवी काफ्ले, रत्नराज्य क्याम्पसका लेखा सहायक सावीत्रा गौतम, चिकित्सा शास्त्र अध्ययन संस्थान डिनको कार्यालयका मुख्य प्राविधिक सहायक सुजन गुरुङ र त्रिवि सामान्य प्रशासन महाशाखाका कार्यालय सहयोगी शर्मिला डंगोल रहेका छन् ।
सम्बन्धित कार्यालयमा नआएकाले चारैजनालाई त्रिविले सार्वजनिक सूचना जारी गरी स्पष्टिकरण सोधिएको हो । उपप्राध्यापक काफ्ले ०७४ जेठ २ देखि ०७५ जेठ १ गतेसम्म अध्ययन बिदा लिएपनि हालसम्म सम्पर्कमा आएका छैनन् ।
गौतम बेतलवी बिदा माग गरेको र अस्वीकृत भएपछि सम्पर्कमा नरहेको त्रिविले जनाएको छ । यस्तै, गुरुङले अध्ययन विदाका लागि निवेदन दिएपनि कागजात नपुगेपछि विदा स्वीकृत भएको थिएन । डंगोललाई कार्यालय नआएपछि स्पष्टिकरण सोधिएको त्रिविले जनाएको छ ।
प्रकाशित मितिः २०७८ पुस २६ सोमबार
Comments