काठमाडौं । बालबालिकालाई लगाउन मिल्ने कोरोनाविरुद्धको फाइजरको खोप नेपालमा न्यून मात्रै प्रयोग भएको छ । अहिले नेपालमा दैनिक २४ वटा अस्पतालमा यो खोप लगाइँदै आएको छ ।स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार २४ घन्टामा पहिलो र दोस्रो मात्रा गरी एक लाख एक हजार सात सय ६१ जनाले खोप लगाएका छन् । तर, फाइजर खोप एक हजार एक सय नौजनाले मात्रै लगाएका छन् । गत २८ कात्तिकबाट सरकारले फाइजरको खोप १२ वर्षमाथिका दीर्घरोगीहरूलाई दिने निर्णय गरेको थियो ।
परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखा प्रमुख डा।सागर दाहालका अनुसार सरकारले एक सातामा ५० हजारजनालाई फाइजर खोप लगाउने लक्ष्य लिएको छ । तर, समयसीमा सकिन तीन दिन बाँकी हुँदा ३२ सय २० जनाले मात्रै फाइजर खोप लगाएका छन् । फाइजरको खोप एक लाख ६ हजार डोज आएको छ । यो खोप ३० दिनभित्र लगाइसक्नुपर्नेमा अहिले दैनिक एक हजारले लगाउँदा धेरै समय लाग्ने देखिएको छ । दीर्घरोगीको संख्या एकिन नभएकाले पनि फाइजरको खोप लगाउने कमी देखिन थालेका हुन् ।
प्रकाशित मितिः २०७८ मंसिर ०२ बिहिबार
Comments