काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय ५३ जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी १ सय ९५ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा २३ र ललितपुरमा ३५ संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ५४७ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा १ हजार ३१२ , भक्तपुर जिल्लामा ५ सय ८६ र ललितपुर जिल्लामा ६ सय ४९ सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय ५८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७.१ रहेको मन्त्रालयले जनाएको छ । देशभर अहिले २३१ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा ७ हजार २२ पिसिआर र १ हजार ४०४ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ११ हजार ५७९ पुगेका छन् । पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय १८ पुगेको छ ।
प्रकाशित मितिः २०७८ कार्तिक ०३ बुधबार
Comments