रोल्पा । रोल्पामा आगलागीका कारण ३१ घर, गोठ जलेर पुर्ण रुपमा नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्वर २ को कापडाँडा गाउँका १९, बर्तिबाङ गाउँका ६ र सानो चेत्रे गाउँका ६ गरी ३१ घर गोठ जलेर पुर्णरुपमा क्षति भएको हो।
प्रहरीको प्रारम्भिक तथ्यांकमा २६ घर जलेको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले बताए । अन्य जलेका वस्तुभाउ बस्ने गोठ रहेका छन् । यस बारेमा थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७८ बैशाख १५ बुधबार
Comments