काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १९४ जना रहेको छ ।
पछिल्लो २४ घन्टामा नयाँ संक्रमित ४ हजार ३ सय ६४ जना थपिएका छन् । आज ५ सय ५५ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म ३ लाख ७ हजार ९२५ सय संक्रमित भएपनि २ लाख ७८ हजार ५ सय ६ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने २६ हजार २ सय २५ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा थप १४ हजार ६७२ जनाको पिसिआर परीक्षण गरेसंगै आजसम्म २४ लाख ३२ हजार ८९ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको संख्या ५८ रहेको छ ।
प्रकाशित मितिः २०७८ बैशाख १४ मंगलबार
Comments