लोक सेवा तयारी सामाग्री (वस्तुगत प्रश्नोत्तर)

0

काठमाडौं । १. राष्ट्रिय बालदिवस–२०७७ को नारा के हो?
– विपद्मा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिबद्धता
– नेपालले संयुक्त राष्ट्रसङ्घीय बालअधिकार सम्बन्धी महासन्धि, १९८९ लाई २०४७ भदौ २९ (सन् १९९० सेप्टेम्बर १४) मा अनुमोदन गरेको दिनको स्मरण गर्दै वि.संं २०६३ देखि हरेक वर्ष भदौ २९ मा राष्ट्रिय बालदिवस मनाउने गरिएको ।
– वि.सं. २०२१ देखि भदौ ४ गते यो दिवस मनाउने गरिएको थियो ।
– नेपालको संविधानको धारा ३९ मा बालअधिकार सम्बन्धी व्यवस्था गरिएको । संविधानको धारा ५१ माबालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिइएको ।
– संयुक्त राष्ट्रसङ्घीय बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ को पक्ष राष्ट्र नेपालमा बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिमको राष्ट्रिय बाल अधिकार परिषद्, केन्द्रीय बाल सङ्गठन र जिल्लास्थित सङ्गठनका संरचना, विभिन्न दातृ निकाय एवं गैरसरकारी संस्थामार्फत बाल अधिकार सम्बन्धी विभिन्न गतिविधि अघि बढाइएको ।

२. प्रतिष्ठित‘क्वालिटी म्यानेजमेन्ट सिस्टम‘ (क्युएमएस) सँग सम्बन्धित आईएसओ ९००१–२०१५ प्राप्त गर्ने नेपाली एयरलाइन्स (हवाईसेवा) कुन हो ?
– हिमालय एयरलाइन्स
– नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले सन् २०२० सेप्टेम्बरमा सो प्रमाणपत्र प्राप्त गरेको ।
– आईएसओ ९००१–२०१५ अन्तर्राष्ट्रिय मानकीकरण सङ्गठन (आईएसओ) द्वारा विकास र प्रकाशित गरिएको एक विश्वव्यापी मान्यताप्राप्त गुणस्तरको स्तर हो ।

३. क्यानडाको फ्रेजर इन्स्टिच्युट र समृद्वि फाउन्डेसनको सहकार्यमा सार्वजनिक (सन् २०२० सेप्टेम्बर १० मा) आर्थिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदन–२०२० मा नेपाल कतिऔँ स्थानमा छ ?
– १०९ औँ
– १६२ देश समेटी तयार पारिएको सो प्रतिवेदनअनुसार हङ्कङ, सिङ्गापुर, न्युजिल्यान्ड, स्वीट्जरल्यान्ड र अमेरिका उत्कृष्ट पाँच मुलुकअन्तर्गत पर्न सफल भएका ।
– अफ्रिकी गणतन्त्र सबैभन्दा कम आर्थिक स्वतन्त्रता भएको मुलुकमा परेको । सो पश्चात क्रमश ः प्रजातान्त्रिक गणतन्त्र कङ्गो, जिम्बावे, गणतन्त्र कङ्गो, अल्जेरिया र इरान रहेका ।

४. औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार आप्mनो उत्पादनको कति प्रतिशतभन्दा बढी निर्यात गर्ने उद्योगलाई ‘निर्यातमूलक उद्योग’ भनिन्छ ?
– ४० प्रतिशत (ऊर्जामूलक उद्योगबाहेक)

५. सर्बियाको राजधानी बेलग्रेडमा सम्पन्न १४१ औँ अन्तर–व्यवस्थापिका सङ्घको सम्मेलनका सन्दर्भमा नेपाल कुन अवार्डबाट सम्मानित भएको हो ?
– प्mयुचर पोलिसी सिल्भर अवार्ड
– युवा सहभागिता एवं अधिकारबारे संवैधानिक, व्यवस्थाका लागि सो अवार्ड प्रदान गरिएको ।
– सो अवार्ड राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाद्वारा ग्रहण गरिएको ।

६. सरकारले किसान वर्गीकरण परिचयपत्र वितरणका लागि पहिलो चरणमा छनोट गरेका (सात प्रदेशका एक÷एक) जिल्ला कुन कुन हुन् ?
– झापा(प्रदेश–१), पर्सा (प्रदेश–२), काभ्रे (बागमती), कास्की (गण्डकी), कपिलवस्तु (प्रदेश–५), सुर्खेत (कर्णाली) र कञ्चनपुर (सुदूरपश्चिम)
– केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कलाई आधार मानी एक घरबाट एकजनालाई परिचयपत्र प्रदान गरिने।
– किसान वर्गीकरण परिचयपत्र वितरण २०७६ साउनदेखि गरिएको ।
– नेपालमा किसान परिचयपत्र वितरण कार्यको सुरुवात भने आ.व. २०७१÷७२ देखि भएको ।

७. सोडिस प्रविधि भनेको के हो ?
– सौर्यशक्तिद्वारा खानेपानी शुद्धीकरण गर्ने विधि

८. नेपालमा सर्वप्रथम हवाईजहाज अवतरण कहिले भएको थियो ?(केशवजी, गौचरणमा पहिलो जहाज अवतरण खोज्ने )
– वि.सं. २००६ बैशाख ११

९. पहिलो विश्वकप फुटबल प्रतियोगिता कहिले र कहाँ भएको थियो ?
– सन् १९३०, उरुग्वे
(प्रथम विश्वकप फुटबल प्रतियोगिताको उपाधि उरुग्वेले जितेको थियो भने अर्जेन्टिना उपविजेता बनेको थियो ।)

१०. सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) मा ‘स्मार्टकार्ड’ को व्यवस्था कहिलेदेखि गरेको हो?
– वि.सं. २०७२ मङ्सिर १४

११. धौवादी फलामखानी लिमिटेडको स्थापना कहिले भएको हो ?
– वि.सं. २०७६ पौष १६
– गण्डकी प्रदेशको नवलपुरस्थित धौवादीमा सो उद्योग स्थापना गरिएको ।
– उद्योग स्थापनासम्बन्धमा मन्त्रिपरिषद्बाट २०७६ भदौ ८ मा निर्णय भएको ।
– खानी तथा भूगर्भ विभागद्वारा आ.व. २०६६÷६७ मा सो फलाम खानी पत्ता लगाइएको ।

१२. नेपालमा भौगर्भिक अध्ययन एवं खानी अन्वेषणका लागि सर्वप्रथम नहर तथा जियोलोजी अड्डाको स्थापना कहिले गरियो ?
– वि.संं. १९८६
– नहर तथा जियोलोजी अड्डालाई वि.संं १९९९ मा खानी अड्डा र वि.संं २०२४ मा भौगर्भिक सर्वेक्षण विभाग बनाइएको ।
– २०३३ मा सो विभागलाई खानी तथा भूगर्भ विभाग नामकरण गरिएको ।

१३. शीतकालीन युद्धका बेला अमेरिका र रुसबीच भएको क्षेप्यास्त्रसम्बन्धी सन्धिबाट अमेरिका कहिले बाहिरिएको हो ?
– सन् २०१९ फेब्रुअरी १
– त्यस्तै, रुसले सन् २०१९ फेब्रुअरी २ मा सो सन्धिबाट बाहिरिएको घोषणा गरेको ।
– यो सन्धि सन् १९८७ मा भएको थियो ।
– मध्यम दूरीको परमाणु क्षेप्यास्त्रसम्बन्धी शीतकालीन सन्धि ‘इन्टरमिडियट रेन्ज न्युक्लियर फोर्स ट्रिटी’ अन्तर्गत पाँच सय कि.मि. देखि पाँच हजार पाँच सय कि.मि. दूरीसम्म मार हान्नसक्ने क्षमताको भूमिबाट प्रहार गर्ने क्षेप्यास्त्रमा प्रतिबन्ध लगाइएको थियो ।

१४. काठमाडौँ महानगरपालिकाले कहिलेदेखि विद्युतीय प्रणालीबाट एकीकृत कर निर्धारण र सङ्कलन गर्ने निर्णय गरेको छ ?
– वि.सं. २०७७ असोज १
– असोज १ गतेदेखि ३२ वटै वडाबाट विद्युतीय प्रणालीमार्फत कर भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको ।
– कर चुहावट रोक्न र महानगरपालिकालाई ‘स्मार्ट‘महानगरका रूपमा विकास गर्न यो प्रणालीको सुरुवात गरिएको ।
– विद्युतीय प्रणाली लागू गर्ने निर्णय गरेसँगै काठमाडौँ महानगर यो पद्धति लागू गर्ने पहिलो स्थानीय तहका रूपमा रहेको जनाइएको ।

१५. सबैभन्दा बढी वडासङ्ख्या भएको महानगरपालिका कुन हो ?
– पोखरा महानगरपालिका

१६. वातावरण संरक्षणका लागि ‘हरित सेना‘ गठन गरेको देश कुन हो ?
– अस्टे«लिया

१७. सन् २०२० अप्रिल ७ मा मनाइएको विश्व स्वास्थ्य दिवसको नारा के हो ?
– नर्स र मिडवाइफहरूलाई सहयोग गरौँ ।

१८. राष्ट्र बैंकद्वारा व्यक्तिगत आवधिक कर्जाको ब्याजदर परिवर्तन नहुने व्यवस्था कहिले गरिएको हो ?
– वि.सं. २०७७ भदौ २३
– राष्ट्र बैंकले भदौ २३ मा सार्वजनिक गरेको एकीकृत निर्देशिका–२०७७ मा यस्तो व्यवस्था गरिएको ।
– व्यक्तिगत नाममा लिइने एक वर्षभन्दा बढी अवधिको कर्जा (घर, गाडीलगायत) मा भुक्तानी अवधिभर ब्याज परिवर्तन गर्न नपाइने भएको ।
– ग्राहक स्वयंले चाहेमा आधार दरका आधारमा परिवर्तनशील ब्याजदार कायम गर्न पाउने ।
– संस्था वा कम्पनीको नाममा प्रवाह भएको कर्जामा भने यो व्यवस्था लागू नहुने ।

१९. प्रत्येक वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार कति जनालाई प्रदान गरिन्छ ?
– १० जना
(सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिने ।)

२०. विश्व बैंकद्वारा प्रकाशित ‘नेपाल जब डायग्नोस्टिक प्रतिवेदन–२०१८’ अनुसार सन् २००८ देखि २०१८ बीचको दशकमा नेपालमा कति रोजगारी थपिएको छ ?
– ३९ लाख ५० हजार
– मुलुकमा अझै पनि तलबी तथा राम्रो गुणस्तरको रोजगारीको सिर्जना कमजोर रहेको पनि अध्ययनले देखाएको । सो अध्ययनमा कोरोनाका कारण मुलुकको रोजगारीमा परेको प्रभावबारे नसमेटिएको विश्व बैंकले जनाएको ।
– सन् २००८ मा कुल रोजगारमध्ये १७ प्रतिशत मात्रै ज्याला पाउने काममा रहेकोमा एक दशकपछि २४ प्रतिशत पुगेको । देशभित्र ३८ लाख र देशबाहिर २८ लाख गरी जम्मा ६६ लाख नेपालीले मात्रै तलब वा ज्याला पाउने काम गरिरहेको अध्ययनले देखाएको ।
– सन् १९९८ मा अर्थतन्त्रमा कृषिक्षेत्रको योगदान ३८ प्रतिशत रहेकोमा सन् २०१८ मा त्यो घटेर ३२ प्रतिशत कायम भएको ।

२१. कसको शासनकाललाई लिच्छविकालको स्वर्णयुग मानिन्छ ?
– अंशुवर्मा

२२. राणाकालीन प्रशासनिक व्यवस्थामा जङ्गी तथा निजामती कर्मचारीलाई रकम सापटी दिने अड्डालाई के भनिन्थ्यो ?
– तेजारथ अड्डा

२३. सन्तुलित भोजनको अभावले हुने स्वास्थ्यसम्बन्धी समस्यालाई के भनिन्छ ?
– कुपोषण

२४. उत्तरपुस्तिका परीक्षण सम्बन्धमा प्रयोग हुने कम्प्युटराइज्ड विधि (ओएमआर) को पूरा रूप के हो ?
– अप्टिकल मार्क रिडर ।

२५. सबैभन्दा छिटो बढ्ने वनस्पति कुन हो ?
– बाँस

२६. २०६८ को जनगणनाअनुसार भोटबर्मेली भाषा परिवारअन्तर्गतका भाषामध्ये नेपालमा सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने भाषा कुन हो ?
– तामाङ

२७. ‘व्यवसायका दुई भाग छन् ः बजारीकरण र नवप्रवर्तन ।’ भन्ने भनाइ कसको हो ?
– पिटर ड्रकर

२८. प्रशासकीय अदालत ऐन, २०७६ कहिले जारी भएको हो ?
– वि.सं. २०७६ असोज २४

२९. प्रशासकीय अदालत ऐन, २०७६ अनुसार सर्वोच्च अदालत वा प्रशासकीय अदालतमा परेको पुनरावेदनको टुङ्गो नलाग्दै पुनरावेदन दिने व्यक्ति सेवावाट अवकाश भएमा वा निजको मृत्यु भएमा सो पुनरावेदन सम्बन्धमा के व्यवस्था छ ?
– पुनरावेदन खारेज नहुने (अन्तिम किनारा गर्नुपर्ने)

गोरखापत्रबाट

प्रकाशित मितिः २०७७ भदौ ३१ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション