काठमाडौं । कोरोना भाइरस अर्थात् ‘कोभिड–१९’ का कारण अमेरिकामा संक्रमितको संख्या हालसम्मकै बढी देखिएको छ । गएको २४ घण्टामा २४ हजार सात सय ४२ जनामा संक्रमण फेला परेसँगै एक लाख ८८ हजार पाँच सय ७८ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या चार हजार नाघेको छ । वोर्ल्ड़ोमिटरका अनुसार गत २४ घण्टामा ९ सय १२ जनाको मृत्यु भइ अहिलेसम्म चार हजार ५५ जनाको ज्यान गएको छ । संक्रमितमध्ये अहिलेसम्म सात हजार दुई सय ५१ जना उपचारपछि निको भएका हुन् । एजेन्सी
प्रकाशित मितिः२०७६ चैत्र १९ बुधबार
Comments