काठमाडौं। अमेरिकाको ह्वाइटहल सहरमा एक सात महिनाका बालक मेयर चयन भएका छन् । ह्वाइटहल सहरको मेयरमा सात महिना उमेरका बालक विलियम चाल्र्स ‘चार्ली’ म्याकमिलन चयन भएका हुन् । उनी निर्वाचित मेयर भने होइनन् । उनलाई मानार्थ मेयर बनाइएको हो ।
समाचार एजेन्सीहरुका अनुसार ह्वाइट हल भोलेन्टियर फायर डिपार्टमेन्टको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले मेयर पद लिलाम गरिन्छ । जसले बढी रकम दान गर्नेलाई उसलाई मानार्थ मेयरको उपाधिसहित सपथ गराइन्छ ।
यस पटक चार्लीको नाममा बढी रकम दान गरिएको थियो । त्यसैले उनलाई मानार्थ मेयर चयन गरिएको हो । यति सानो उमेरमै मेयर बन्ने उनी पहिलो व्यक्ति हुन् । उनले हालै मेयर पदको सपथ पनि लिएका छन् । उनको सपथ समारोहमा १५० जना विशिष्ट अतिथि सहभागी थिए ।
बोलीसमेत नफुटेका सात महिने बालक मानार्थ मेयरमा चयन भएपछि सपथमा समस्या देखिएको थियो । बोली नै नफुटेका बालकले कसरी सपथ लिने भन्ने समस्या देखिएको थियो । यद्यपि चार्ली आफ्ना अभिभावकको काखमा बसेर सपथ लिए । सपथमा उनले गर्नुपर्ने प्रतीज्ञा भने उनका आमाबुवाले सपथपत्र पढेर पुरा गरेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७६ पुस ४ शुक्रबार
Comments