काठमाडौं। रूसको फेडरल सेक्युरिटी सर्भिसको मुख्यालयमा गोलीबारी भएको छ । रूसी मिडियाका अनुसार यो घटनामा कम्तीमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
इन्टरफैक्स समाचार एजेन्सीका अनुसार अटोमेटिक हतियारबाट फायरिंग गर्ने बन्दूकधारीको एक अधिकारीको गोलीबाट मृत्यु भएको छ ।
प्रहरीले उक्त इलाकालाई घेराबन्दी गरेको छ र आसुपासका मानिसहरुलाई भवनबाट बाहिर ननिस्कन आग्रह गरेको छ । एफएसबी रूसको मुख्य सुरक्षा एजेन्सी हो । अहिलेसम्म यो घटनाबारे विस्तृत जानकारी प्राप्त भएको छैन ।
प्रकाशित मितिः २०७६ पुस ४ शुक्रबार
Comments