काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख डलरको जरिवाना सुनाइएको छ । न्यूयोर्कका एक न्यायाधीशले ट्रम्पलाई आफ्नो चैरिटी संस्थाको रकमको अवैध प्रयोग गरेको अभियोगमा २० लाख डलर जरिवानाको आदेश सुनाएका हुन् ।
उनीमाथि २०१६ को राष्ट्रपति चुनावमा चैरिटी संस्थाको रकम प्रयोग गरेको आरोप थियो । एजेन्सी
प्रकाशित मितिः २०७६ कार्तिक २२ शुक्रबार
Comments