एजेन्सी, २९ साउन । पाकिस्तानको क्वेटा शहरमा भएको बम आक्रमणमा कम्तिमा १५ जनाको मृत्यु भएको छ । घटनामा अरु ३० जना घाइते भएका छन् । घटनामा मृत्यु हुनेमा ८ जना सैनिक रहेको पाकिस्तानी सेनाले जनाएको छ ।
ड्युटीमा जाँदै गरेको सुरक्षाकर्मी चढेको गाडीलाई लक्षित गरी बम आक्रमण भएको पाकिस्तानी सेनाको जनसम्पर्क विभागलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । घटनामा घाइते भएका ३० मध्ये १५ जना सर्वसाधारण नागरिक रहेका छन् । घाइतेको क्वेटामा रहेको सिएमएच अस्पतालमा उपचार भइरहेको छ ।
बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको अति सुरक्षित स्थानमा घटना भएको हो । घटनाको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन ।
सुरक्षाकर्मी चढेको गाडीलाई लक्षित गरी बम आक्रमण, १५ को मृत्यु
0
Share.
Comments