काठमाडौं । जारी एसीसी प्रिमियर कपमा कतारले मलेसियामाथि पहिलो जित हासिल गरेको छ। सोमबार सम्पन्न खेलमा कतारले मलेसियामाथि ४ विकेटको जित हासिल गरेको हो। मलेसियाले दिएको १५२ रनको लक्ष्य कतारले १७.२ ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाउँदै पूरा गर्यो।
यो सँगै समूह ‘ए’ मा रहेको कतारले ३ खेलबाट २ अंक जोडेर अंकतालिकामा सुधार गरेको छ। ऊ पूछारबाट दोस्रो स्थानमा रहेको छ। यसै समूहमा सुरुआती तीन खेल जितेको नेपाल एक खेल अगाबै सेमिफाइनलमा प्रवेश गरिसकेको छ।
प्रकाशित मितिः २०८१ बैशाख ०३ सोमबार
Comments