काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यमा १४ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाइएको छ । फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले सोमबार यस्तो कानुनमा हस्ताक्षर गरेका हुन् ।
नयाँ नियममा १४ देखि १५ वर्षका बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न आमाबुवाको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । यस्तै, सामाजिक सञ्जाल कम्पनीलाई १४ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको अकाउन्ट डिलिट गर्न निर्देशन दिइने भएको छ ।
यो कानुन सन् २०२५ जनवरी १ देखि लागु हुनेछ । सामाजिक सञ्जाल कम्पनीले बालबालिकालाई चलाउन नदिन तेस्रो पक्षको उमेर प्रमाणीकरण प्रयोग गर्नुपर्नेछ । बालबालिकालाई उनीहरूको मानसिक स्वास्थ्य र अनलाइनको जोखिमबाट जोगाउन यो कानुन ल्याइएको जनाइएको छ ।
प्रकाशित मितिः २०८० चैत्र १३ मंगलबार
Comments