काठमाडौं । चीनको बेइजिङस्थित एक अस्पतालमा आगलागी हुँदा २९ जनाको मृत्यु भएको छ । बेइजिङको चाङफेङ अस्पतालमा भएको आगलागीमा परी २९ जनाको मृत्यु भएको हो । सो अस्पतालको अन्तरंग विभागबाट फैलिएको आगो अस्पताल भवनको अन्य कक्षहरुमा समेत फैलिएको थियो ।
आगलागी भए लगत्तै सोही अस्पतालमा उपचाररत ७१ जना बिरामीलाई बाहिर निकालिइएको थियो । आगलागी भएको आधा घण्टाका बीचमा आगो नियन्त्रणमा लिईएतापनि आगलागीका कारण ठूलो जनधनको क्षति भएको हो । अहिले आगलागीको कारणबारे छानबिन थालिएको छ । एजेन्सी
प्रकाशित मितिः २०८० बैशाख ०६ बुधबार
Comments