सुनसरी । धरान उपमहानगरपालिका वडा नम्बर -७ मा नेपाली कांग्रेसका उम्मेदवार सुवर्णमोहन पालिखे एक मतले हारेपछि पुन: मतगणनाको माग गर्दै नाराबाजी भइरहेको छ।
मतगणना सकिँदा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार जीवनराम सुवेदी एक मतान्तरले अघि छन्।विवाद भएपछि मुख्य निर्वाचन अधिकृत कार्यालयले औपचारिक घोषणा गर्न सकेको छैन।
मुख्य निर्वाचन अधिकृतले बदर भएको दुई मतलाई सदर गरेर नेकपा उम्मेदवारलाई जिताएको आरोप लगाउँदै कांग्रेसले नाराबाजी गरिरहेको छ। कांग्रेसले पुनस्मतगणना गर्नुपर्ने माग राख्दै लिखित उजुरी दिएको छ।
नेकपा उम्मेदवारले छ सय २२ र कांग्रेस उम्मेदवारले छ सय २१ मत ल्याएका छन्।तीन तहका ५२ स्थानका लागि गत शनिबार उपनिर्वाचन भएको थियो। जसमध्ये ४३ वडाध्यक्षका लागि चुनाव भएकोमा अन्यत्र यस्तो लफडा भएको थिएन।
प्रकाशित मितिः२०७६ मंसिर १६ सोमबार
Comments