काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा पार्टी नेतृ आरजु देउवासहित ३८ जनालाई सदस्य मनोनित गरेको छ।
उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६,१०,ग बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा देउवासहित ३८ जनालाई मनोनित गरेका हुन्।
विज्ञप्ति
प्रकाशित मितिः२०७५ चैत ३० शनिबार
Comments