काठमाडौं । गौरबाट पक्राउ परेका डा सिके राउतलाई राज्य विरुद्धको अपराधको मुद्दा लगाइएको छ । जिल्ला प्रहरी गौरले राउतलाई राज्य विरुद्धको अपराधको मुद्दा चलाएको हो ।
राउतलाई आज प्रहरीले अदालत पेश गरी अनुसन्धानका लागि ४ दिनको म्याद लिएको छ । देश टुक्र्याउने अभिव्यक्ति दिएर भूमिगत भएका उनलाई रौतहटको गौरबाट पक्राउ गरिएको थियो ।
राउत केही दिनअघि स्वतन्त्र मधेशको नारा दिँदै प्रहरी अगाडि नै भाषण गरेर भूमिगत भएको प्रहरीको भनाई छ । सिकेसँगै उनका दुई सहयोगी रामेश्वर राय यादव र सञ्जय स्वराज पनि पक्राउ परेका थिए ।
प्रहरीले देश टुक्र्याउने अभिव्यक्ति दिँदै नारा लगाएर हिँडेपछि सिकेलाई पक्राउ गरिएको जनाएको छ । अदालतको तारेखमा आएका राउतले अदातलबाट निस्केपछि देश टुक्र्याएने अभिव्यक्ति दिएको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालयमा रौतहटका डीएसपी महेन्द्रप्रसाद मरासयनीका अनुसार सिकेविरुद्ध अदालतमा मुद्दा परेकाले उनी त्यही मुद्दाको तारेखमा अदालतमा उपस्थित भएका थिए
प्रकाशित मितिः २०७५ असोज २२ गते सोमबार
Comments