काठमाडौं । गृह मन्त्रालयले दुर्गा प्रसाईंले पाएको हतियारको बारेमा पाएको इजाजतबारे छानबिन चार सदस्यीय छानबिन समिति गठन गरेको छ।
गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा गठन भएको समितिमा मन्त्रालयको कानून शाखामा कार्यरत उपसचिव ऋषि पौडेल, नेपाल प्रहरीका उपरीक्षक सन्तोष भट्टराई र गृहकै उपसचिव एकदेव अधिकारी रहेका छन्।गत चैत ५ गते सर्वोच्च परिसरमा प्रसाईंका सहयोगी दीपक खड्का र राजकुमार धितालका साथबाट अर्धस्वचालित हतियार र सय गोली फेला परेको थियो ।
खड्का र धिमाललाई पक्राउ गरि प्रहरीले अनुसन्धान थालेको बेला सर्वोच्चले उनीहरूलाई थुनामुक्त गर्न आदेश जारी गर्दै इजाजतपत्र दिन नहुने हतियारलाई इजाजत दिएको विषयमा छानबिन गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि गृहमन्त्री लामिछानेले छानबिन समिति गठन गरेका हुन् ।
प्रकाशित मितिः २०८० चैत्र १६ शुक्रबार
Comments