काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबारको राष्ट्रियसभाको बैठक अवरुद्ध पारेको छ। एमालेले सुन प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको हो।
सरकारले उच्च स्तरीय छानबिन समिति नबनाएसम्म एमालेले सदन चल्न नदिने सांसद दिलकुमारी रावलले अडान सुनाइन्। राष्ट्रियसभाको अर्को बैठक २०८० साउन २४ गते बुधबार दिउँसो १:०१ बजे बस्नेछ।
एमालेले प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध पार्दै आएको छ।
प्रकाशित मितिः २०८० साउन २२ सोमबार
Comments