काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले नक्कली शरणार्थी प्रकरणमा छानबिन गर्न आयोग गठन गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले नक्कली शरणार्थी छानबिन गर्न आयोग गठन गर्न माग गरेका हुन् ।
२०६३ सालयताका भ्रष्टाचारको नमुना बनेको उल्लेख गर्दै सांसद सिंहले आयोग गठन गरेर छानबिन प्रक्रिया अघि बढाउनुपर्ने बताए ।
प्रकाशित मितिः २०८० बैशाख २४ आइतबार
Comments