काठमाडौं । नेकपा एकीकृत समाजवादीले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पार्टी नीति विपरीत नबोल्न नेताहरुलाई आग्रह गरेको छ ।
पार्टीको केन्द्रीय अनुशासन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै महत्वपूर्ण जिम्मेवारीमा रहेका केही नेताहरुले पार्टीको सिद्धान्त, आचरण र विधानको विपरीत हुनेगरी सञ्चार माध्यम र सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको भन्दै ध्यानाकर्षण जनाएको छ ।
प्रकाशित मितिः २०८० बैशाख २४ आइतबार
Comments