काठमाडौं । नेकपा एमालेका सांसद झपट रावलले शान्तिनगरस्थित बुधबार राति १२ बजे अज्ञात समूहले आफ्नो घरमा ढुंगा प्रहार गरेको बताएका छन्।
संसदको राज्य व्यवस्था तगा सुशासन समितिको बैठकलाई जानकारी गराउँदै रावलले राति आफ्नो घरमा ढुंगा प्रहार भएको बताएका हुन्। उनले १०० मा फोन गर्दा सुरक्षाकर्मी समयमा नआएको पनि बताएका छन् ।
गृहमन्त्री रामबहादुर थापा बादलको ध्यानाकर्षण गराउँदै उनले भने, ‘राति १२ बजेतिर ५/१० मिनेटको अन्तरालमा पटकपटक ढुंगा प्रहार भयो । सुरक्षाकर्मी बोलाउन भनेर १०० मा फोन गर्दा फोन उठेन । ’
कोटेश्वर प्रहरी कार्यालयमा फोन गर्दा पनि नउठेको र अन्तिममा हनुमानढोका प्रहरीलाई फोन गर्दा मात्रै उठेको उनले बताएका छन् । घटनाको ४५ मिनेटपछि मात्रै प्रहरी घटनास्थल आएको रावलले बताए ।
प्रकाशित मितिः २०७८ बैशाख ०२ बिहिबार
Comments