विद्यार्थी भर्ना अभियानको रमिता

0

। मनिकर कार्की निवर्तमान ।

नयाँ वर्षको पहिलो दिन प्रधानमन्त्री केपी ओलीले २९०० मिटरको उचाइमा रहेको धर्तीकै स्वर्ग रारा तालको किनारबाट विद्यार्थी भर्ना अभियानको घोषणा गरे । त्यसपछि वैशाखको पहिलो साता नै सिरहाको कल्याणपुरमा विपन्न परिवारका बालबालिकालाई विद्यालय भर्ना गराएर प्रधानमन्त्रीले अभिभावकत्व ग्रहण गरेको समाचार छापा तथा अनलाइनमा बग्रेल्ती आयो । भर्ना अभियान सफल बनाउन प्रधानमन्त्री तथा मन्त्रीहरूको अग्रसरता ठीकै हो तर अभिभावकत्व भनेको के हो ? त्यो अलि बुझ्न सकिएको छैन । प्रधानमन्त्री, मन्त्रीहरूले एनजीओको शैलीमा केही सहानुभूति बटुल्नका लागि एकाध बालबालिकालाई आर्थिक सहयोग गर्नु र अभिभावकत्व प्रदान गरेर कस्तो सन्देश दिएका हुन्, पङ्क्तिकारले बुझ्न सकेको छैन ।

यद्यपि त्यसयता प्रधानमन्त्री, मन्त्रीहरू, सांसद तथा उच्च पदस्थ राजनीतिक व्यक्तित्वहरू विद्यार्थी भर्ना गराउन भन्दै  गाउँघर डुलेर अभिभावकत्व ग्रहण गरेको समाचार आइ नै रहेका छन् । विशेषगरी तराई मधेशकेन्द्रित देखिएको भर्ना अभियानमा नेताहरूले गरिब एवम् विपन्न परिवारका केही केटाकेटीलाई समातेर फोटो खिचाउँदै अभिभावकत्व ग्रहण गरिरहेका छन् अनि हामी रमिते बनेर हेरिरहेका छौं, सहानुभूतिका भावसँगै । यी सबैको समष्टिगत उपलब्धि हेर्दा बडो तामझामका साथ सञ्चालन गरिएको भर्ना अभियान बडो शानदार रूपमा सफल भएको मान्नुपर्छ शायद ।  सरकार प्रमुखसहित उच्च पदस्थ व्यक्तित्वहरू आफैं भर्ना अभियान सफल बनाउन हिँडेकामा तारिफ पनि भयो र हुँदैछ । सारमा भर्ना अभियानका लागि छुट्याइएको बजेट पनि सकियो र अभियानले पनि चर्चा पायो ।

त्यस्तै सरकारी वेतन खाने कर्मचारी तथा सरकारी विद्यालयमा अध्यापन गर्ने शिक्षक, शिक्षिकाले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सरकारी विद्यालयमै पढ्नुपर्ने व्यवस्थाका बारेमा पनि बेलाबेला कुरा उठ्ने गरेको छ । सायद यसलाई पनि सामुदायिक विद्यालयहरूप्रति आकर्षण बढाउने औजार ठानिएको छ । जेहोस् यी सबै गतिविधिले सरकारी विद्यालयको गुणस्तर सुधार्नुपर्छ र शिक्षालाई सबैको पहुँचमा पुर्याउनुपर्छ भन्ने भाव दखिन्छ । यहाँसम्म ठीकै छ । तर यी सबै गतिविधि भइरहँदा एउटै मुलुकमा किन दुई थरी शिक्षा ? के यो आवश्यक छ ? अनि संविधानतः मौलिक हकका रूपमा परिभाषित शिक्षामा मौलाएको व्यापारीकरण किन ? यसलाई रोक्नु पर्दैन ? शिक्षालाई व्यापार बनाउन पाइन्छ ? यसतर्फ भने खासै बहस हुन सकेको छैन ।

ती सरकारी ढुकुटी खर्च गरेर भर्ना अभियानमा घुमफिर गरिरहेका विशिष्ट नागरिकलाई जनसाधारणको प्रश्न छ– तपाईंहरू दोहोरो शिक्षा अन्त्य गर्न के गर्दै हुनुहुन्छ ? एनजीओकै शैलीमा केही थान विद्यार्थीलाई आर्थिक सहयोग गरेको समाचार छपाएरै शिक्षामा पहुँच विस्तार हुन्छ कि सबैलाई पढ्न सक्ने हैसियतको बनाएर ? अनि तपाईंहरूले कहिल्यै विद्यार्थी भर्नापछिको विद्यालय छाड्ने दरको आँकलन गर्नुभएको छ ? बालबालिकालाई विद्यालयमा टिकाउने बारे के सोच्नुभएको छ ? बालबालिकालाई विद्यालयमा आकर्षित गर्ने के योजना छ ? प्रधानमन्त्रीज्यू भर्ना अभियानका क्रममा लामबद्ध एक बालकको पछाडि भ्वाङ परेको सुरुवालले नै सरकारी तामझामपूर्ण भर्ना अभियानको भ्वाङ देखाइदिएको छ । यसतर्फ तपाईं कति गम्भीर हुनुहुन्छ ? कि भर्ना अभियानको घोषणा र केही दिनको सक्रियताले दायित्व पूरा भएको ठान्नुभएको छ ?

मलाई लाग्दैन यो यस्तो तामझाम र मेलापर्वको विषय हो । यो सरकारले नागरिकका लागि गर्नुपर्ने आधारभूत काम हो, जसको कुनै हल्लीखल्ली जरुरी हुँदैन । अनि सबैलाई शिक्षाको पहुँच पुर्याउनको लागि गर्नुपर्ने काम हल्लाखल्ला र भाषणबाजी होइन, नीतिगत निर्णय र त्यसको कार्यान्वयन हो । यसको कार्यान्वयन शिक्षामा बढाइने सरकारी लगानीले पुष्टि गर्छ, नकि तामझामपूर्ण गतिविधिले । गरिबी र विपन्नताका कारण बालबालिका विद्यालय आउन सकेका छैनन्, अनि भर्ना भए पनि टिक्न सक्ने अवस्था छैन । यसको अन्त्यका लागि हल्लाखल्ला होइन, तिनको समस्याको जरोमा पुगेर समाधान गर्न सक्नुपर्छ । सरकारले यसपटक अभिलेख राखोस् कि यो साल भर्ना भएका बालबालिकाहरू शैक्षिक वर्षको अन्त्यसम्म कति बाँकी रहन्छन् ? अनि थाहा लाग्नेछ भर्ना अभियानका नाममा गरिएको तामझाम गरिबीमाथि गरिएको भद्दा मजाक हो या साँच्चिकै शिक्षामा पहुँच विस्तार गर्ने काम हो ?

भर्ना अभियानका क्रममै शिक्षाको आवश्यकता र महत्वमाथि प्रकाश पार्दै धेरै भाषणबाजी भए तर ती भाषणमा कहीँ कतै मुलुकमा जारी रहेको विभेदकारी शिक्षा प्रणालीको चर्चा भएन । शिक्षामा मौलाउँदै गएको व्यापार अन्त्य गर्ने कुरा कहीँ सुनिएन । अनि यो अभियानभर कहीँ कतै देशमा दुई खाले शिक्षा छ, यसको अन्त्य गर्नुपर्छ भन्ने आवाज सुनिएन । यदि देशमा दुईथरी शिक्षा प्रणालीलाई राज्यले नै संरक्षण गरेर राख्ने हो भने सरकारी शिक्षक अनि कर्मचारीका छोराछोरीले सरकारी या निजी शिक्षा रोजेर पढ्न पाउने उनीहरूको अधिकार हो । के तिनलाई यो अधिकारबाट वञ्चित गर्न पाइन्छ ? हामीले सरकारी शिक्षक र कर्मचारीका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनुपर्छ भन्दै गर्दा ती बालबालिकाले सरकारी कि निजी ? छनौट गर्ने अधिकार तिनलाई हुन्छ कि हुँदैन ? के बाबुआमाले सरकारी नोकरी गरे भन्दैमा उनीहरूको अधिकारलाई वञ्चित गर्न मिल्छ ? जबकि राज्यले नै दुईथरी शिक्षालाई प्रश्रय दिइरहेको छ भने एउटा विद्यार्थीको हैसियतले उसले चाहेको ठाउँमा पढ्न पाउने कि नपाउने ? हामीले सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउने भन्दै गर्दा त्यो प्रक्रिया न्यायोचित भयो कि भएन भनेर ध्यान दिनु पनि जरुरी छ । गुणस्तरीय बनाउने नाउँमा कसैको अधिकार हनन् गर्न पाइन्छ ?

निश्चित रूपमा शिक्षा सबैको पहुँचमा हुनुपर्छ र त्यो जुनसुकै हालतमा गुणस्तरीय र सर्वसुलभ हुनुपर्छ । फेरि निःशुल्क भनिएको शिक्षाकै व्यापारका लागि नाफामूलक कम्पनीका रूपमा विद्यालय सञ्चालन गर्न मिल्छ कि मिल्दैन ? अब यस विषयमा पनि बहस हुनु जरुरी छ । यस आलेखमा माथि उठाइएको प्रसङ्ग मात्र शिक्षामा भएको विभेद हटाउनका लागि राज्यले नै शिक्षाको व्यापारीकरण रोक्नुपर्छ भन्ने हो । जब राज्यले नै दुईथरी शिक्षालाई प्रवद्र्धन गरिरहेको हुन्छ भने व्यवहारतः शिक्षाको पहुँच कहिल्यै पनि समान हुन सक्दैन । अनि समान गुणस्तर पनि कायम रहन सक्दैन । त्यसकारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने कुरासँगै राज्यको शिक्षा नीति र प्रणालीको पुनरर्संरचना पनि सँगै जोडिएर आउँछ । यसकारण समस्या तल होइन माथि उपरी संरचनामै छ, जसको हल पनि माथिबाटै हुन्छ । माथिको संरचना नभत्केसम्म तलबाट जति नै सुधारका कुरा गरे पनि आम रूपमा त्यो सुधार हुन सक्दैन । हो, केही विद्यालयहरूले नमुनायोग्य उदाहरण पेश गर्न सक्छन् तर मुलुककै शिक्षा प्रणालीको गुणस्तरीयता कायम रहन सक्दैन ।

अब अलिकति हाम्रो शिक्षा प्रणालीको उत्पादनको कुरा गरौं । हाम्रो शिक्षाले के उत्पादन गरिरहेको छ ? युवामा सिर्जनशीलता कि पलायनता ? श्रमप्रतिको आस्था र सम्मान कि अनास्था र अपमान ? हाम्रा शिक्षालयहरू श्रम र सिर्जनाको खानी होइन, बेरोजगार उत्पादनको कारखाना बन्दैछन् । यसको पछाडि विद्यमान शैक्षिक प्रणालीकै दोष देखिन्छ । हामीले हाम्रा विद्यार्थीलाई कहिल्यै पनि जीवनउपयोगी सीप सिकाएनौं । विद्यार्थीहरूलाई केवल पाठ घोकाइयो तर सीपमूलक शिक्षा दिइएन । त्यो अझै पनि दिइएको छैन । त्यसो त हामीले कहिल्यै पनि आफ्ना नानीबाबुहरूलाई आलोचनात्मक दृष्टिकोण राख्नै सिकाएका छैनौं । अहिलेको नेपालको शिक्षा प्रणाली केवल एकोहोरो पद्धतिमा आधारित छ, जहाँ शिक्षक, प्राध्यापकले एकोहोरो सैद्धान्तिक लेक्चर पिलाउँछन् र विद्यार्थीहरू त्यसलाई सुन्न बाध्य हुन्छन् ।

ससानो कक्षादेखि नै विद्यार्थीहरूलाई कहिल्यै पनि प्रश्न र प्रतिप्रश्न गर्ने संस्कार नै सिकाइएन । घरमा, छिमेकमा, समाजमा जहाँसुकै पनि केवल ‘ज्ञानी’ बन्न सिकाइयो, प्रश्न गर्न होइन । केवल ‘अनुशासित’ बन्न सिकाइन्छ । आज पनि हामी आफ्ना नानीबाबुहरू कम बोलेको कुनै विषयमा प्रश्न र प्रतिप्रश्न नगरेकै जाति मान्छौं । यसले गर्दा उनीहरूको उचित व्यक्तित्व विकास हुन सकेको छैन र उनीहरूले जीवन र जगतलाई आलोचनात्मक दृष्टिकोणबाट कहिल्यै हेरेनन् । त्यसको परिणाम के भइदियो भने उनीहरू युवा अवस्थामा प्रवेश गरेपछि विकल्पविहीन अवस्थामा पुगे ।

अहिले हामी राज्यको पुनःसंरचना गर्दैछौं । यसै सन्दर्भमा नयाँ शिक्षा प्रणाली र शिक्षा नीतिको बारेमा खुलेर बहस हुन सक्यो भने भोलिका दिनहरूमा अहिलेको समस्या हट्ने थियो । सङ्घीयतामा कस्तो शिक्षा आवश्यक हुन्छ ? शिक्षालाई कसरी सुधार गर्न सकिन्छ ? ता कि शिक्षालाई मौलिक हकको रूपमा सबै जनताले सहज रूपमा ग्रहण गर्न सकून् । यस दिशामा अबको बहस केन्द्रित हुनु जरुरी छ । आखिर राजीतिक स्थायित्व र आर्थिक विकासका लागि पनि उचित र व्यावहारिक शिक्षा जरुरी हुन्छ नै । यस क्षेत्रमा विगतमा के–कस्ता कमीकमजोरी भए जसले गर्दा मुलुकको शैक्षिक अवस्था दयनीय बन्न पुग्यो ? विद्यमान शैक्षिक नीति समयानुकूल छ कि छैन ? भन्ने जस्ता ज्वालन्त विषयवस्तुहरूमा सूक्ष्म अध्ययन, अनुसन्धान र विश्लेषण हुनु जरुरी छ । शिक्षा नै विकास र समृद्धिको आधार हो । शिक्षा नै समुन्नत, सुसंस्कृत र सभ्य समाज निर्माणको आधारशिला हो । त्यसकारण समग्र शैक्षिक क्षेत्रको पुनर्संरचना गर्दै शिक्षालाई सबै नागरिकको पहुँचमा पुर्याउने व्यवस्था राज्यले गर्नुपर्छ । राज्यले वर्षको एकचोटि भर्ना अभियान चलाएर रमिता देखाउने होइन, शिक्षाको गुणस्तर वृद्धिका लागि शैक्षिक नीतिमा पुनरावलोकन गर्नुका साथै शिक्षाको विभेद र व्यापारीकरण रोक्न सक्नुपर्छ ।

[email protected]  

साभार ratopati.com बाट

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション