काठमाडौं । बंगलादेशविरुद्धको तीन खेलको टी २० सिरिज न्यूजिल्याण्डले क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा बंगलादेशलाई ६५ रनले हराउँदै न्यूजिल्याण्डले क्लिनस्विप गरेको हो । पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले बर्षाका कारण १० ओभरमा झारिएको खेलमा चार विकेट गुमाउदै एक सय ४१ रन बनायो ।
उसका लागि मार्टिन गुप्टिलले ४४ रन बनाए भने फिन एलेनले विस्फोटक ७१ रनको योगदान गरे । जसमा उनले २९ बलमा १० चौका र तीन छक्का प्रहार गरे । यस्तै ग्लेन फिलिप्सले १४ रनको योगदान गरे । जवाफमा बंगलादेश नौ ओभर तीन बलमा ७६ रनमा अलआउट भयो ।
उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सकेन । जसमा मोहम्मद नेइमले १९ रन बनाए भने सौम्य सरकारले १० तथा मोसादेक होसेनले १३ रनको योगदान गर्दा अरु खेलाडी एकोहोरो रुपमा आउट भए ।
बंगलादेशको पारीलाई ध्वस्त पार्ने क्रममा न्यूजिल्याण्डका डोट एस्ट्लेले चार तथा टिम साउथीले तीन विकेट लिए ।
प्रकाशित मितिः २०७७ चैत्र १९ बिहिबार
Comments