काठमाडौँ । इडिन्सन काभानी म्यान्चेष्टर युनाईटेड जाने पक्का भएको छ । पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड काभानी म्यान युनाइटेडमा आबद्ध हुने आईतबार इङ्ल्याण्ड प्रस्थान गर्ने भएका छन् ।
उरुग्वेका अन्तराष्ट्रिय फरवार्ड युनाइटेडसंग जोडिएका थिए । तर सम्झौता भने हुन सकेको थिएन । काभानीले युनाइटेडमा दुई वर्षको सम्झौता गर्ने अपेक्षा गरिएको छ । गत जुनबाट काभानीको पीएसजीसंगको सम्झौता सकिएको थियो ।
नेयमारको आगमनसंगै काभानी पीएसजीमा पछि परेका थिए । उनले युरोपेली क्लब फुटबलमा अझै प्रगति हासिल गर्ने विश्वास सहित पीएसजी छाडेका थिए । ओल्डट्राफोर्डबाट खेल्ने काभानीको इच्छामा युनाइटेड सकारात्मक देखिदै आएको छ ।
काभानीको उमेरमा युनाइटेडले खासै मतलब गरेको छैन । उनको अनुभवले युनाइटेडका युवा खेलाडी विकासमा योगदान गर्ने अपेक्षा गरिएको छ ।
समर ट्रान्सफरमा युनाइटेडले बोरुसिया डर्टमण्डका विङ्गर जाडोन साञ्चो अनुबन्धन गर्न चाहेको थियो । तर सो प्रक्रिया अघि बढ्न सकेको छैन । तर युनाइटेडको प्रस्तावमा डर्टमण्ड इङ्ल्याण्डका विङ्गरलाई प्रिमियर लिग फर्काउन चाहदैन ।
युनाइटेड केही आलोचनाका लागि तयार देखिन्छ तर काभानीले बनाएका कीर्तिमानले उरुग्वेका फरवार्डलाई न्याय गर्ने ठान्छ । काभानीले ५ सय ५६ क्लब खेलमा ३ सय ४१ गेल गरेका छन् । उनले पीएसजीका लागि ३ सय १ खेलमा २ सय गोल पुरा गरेका छन् । उनले उरुग्वेका लागि १ सय १६ अन्तराष्ट्रिय खेलमा ५० गोल गरेका छन् ।
सन् २०१६ मा ज्लाटन इब्राहिमोभिचको आगमनले युनाइटेडमा पारेको प्रभावबारे क्लबका पदाधिकारी जानकार छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ असोज १८ आइतबार
Comments