काठमाडौं। जापानी खेलाडी नाओमी ओसाकाले फ्रेन्च ओपन नखेल्ने भएकी छिन् । चोटको कारण देखाउँदै ओसाकाले सेप्टेम्बर २७ बाट सुरु हुने फ्रेन्च ओपन नखेल्ने भएकी हुन् ।
गत हप्तामात्र जापानी खेलाडी ओसाकाले दोस्रो पटक यूएस ओपन टेनिसको उपाधि जितेकी थिईन् । उनले करियरको तेस्रो ग्रान्डस्लामको रुपमा सो उपाधि हात पारेकी हुन् ।
न्युयोर्कमा भिक्टोरिया एजारिन्कामाथि १–६, ६–३ र ६–३ को सेटमा जित निकाल्दै ओसाका च्याम्पियन बनेकी थिईन् । ‘म फ्रेन्च ओपन खेल्न सक्दिन ।’ ओसाकाले भनेकी छिन् ।
‘मेरो ह्यामस्टिङ्ग अझैपनि खराब अवस्थामा छ । मसंग तयार हुनका लागि पर्याप्त समय समेत छैन । यि दुवै प्रतियोगिता मेरा लागि निकै चाँडो गरि आए ।ु ओसाकाले भनिन् ।
विश्व वरियताको तेस्रो स्थानमा रहेकी ओसाकाले सन् २०१९ मा अष्ट्रेलियन ओपन जितेकी थिईन् । उनी फ्रेन्च ओपनमा तेस्रो चरण भन्दामाथि पुग्न सकेकी छैनिन् । एजेन्सी
प्रकाशित मितिः २०७७ असोज ०२ शुक्रबार
Comments