काठमाडौं । घरेलु टिम इंग्ल्याण्ड र अष्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट आज हुँदैछ । खेल म्यान्चेस्टरमा नेपाली समय अनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ ।
यो खेल निर्णायक भएकाले ओल्ड ट्राफोर्डमा दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । अघिल्ला दुई खेलमा दुवै टिमले एकरएक जित निकालेका छन् । पहिलो खेलमा अष्ट्रेलिया १९ रनले विजयी भएको थियो भने दोस्रो खेल इंग्ल्याण्डले २४ रनले जितेको थियो ।
तीन खेलको सिरिज एकरएक को बराबरीमा रहेकाले आजको खेल निर्णायक हुनेछ । विश्व विजेता इंग्ल्याण्डले सन् २०१५ पछि घरेलु मैदानमा एकदिवसीय सिरिज गुमाएको छैन । इंग्ल्याण्डले अष्ट्रेलियाविरुद्धको ट्वान्टी ट्वान्टी सिरिज समेत २–१ ले जितिसकेको छ ।एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ ३१ बुधबार
Comments