काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब एभर्टनका खेलाडी तथा प्रशिक्षकसहितका पदाधिकारी कोरोना भाइरसको महामारीका कारण क्लबमा उत्पन्न भएको आर्थिक समस्यालाई मध्यनजर गरेर तीन महिनाको परिश्रमिक कम लिन तयार भएका छन् ।
खेलाडी तथा प्रशिक्षकले स्वतन्त्र रुपमा अधिकतम ५० प्रतिशतसम्म कम पारिश्रमिक लिन तयार भएका हुन् । खेलाडीले हरु तीन महिनाको पारिश्रमिक ५० प्रतिशत मात्रै लिने भएका हुन् ।
यस्तै प्रशिक्षक कार्लो एन्सिलोटी र उनका टिमका पदाधिकारीले ३० प्रतिशत पारिश्रमिक कटौती गर्ने भएका हुन् । एभर्टनका समर्थकहरुले यो सिजनको टिकट तथा सदस्यता बापतको रिफण्ड रकमबाट क्लबलाई चार लाख पाउण्ड सहयोग गरेका छन् ।
खेलाडी तथा प्रशिक्षकको पछिल्लो निर्णयले क्लबका सबै कर्मचारीलाई महामारीका बेला पनि पारिश्रमिक दिन सकिएको र कसैको जागिर पनि नखोसिने अवस्था सिर्जना भएको क्लबले जनाएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ २८ बुधबार
Comments