काठमाडौं । एभर्टनका डिफेन्डर यरी मिना केही हप्ता मैदान बाहिर रहने भएका छन् । पछिल्लो हप्ता अभ्यासको क्रममा मांसपेशीमा चोट बोकेका मिनाले प्रिमियर लिगको पुन सुरु हुन लागेको सिजनको सुरुवात गर्न नसक्ने भएका हुन् ।
कोलम्बियन अन्तराष्ट्रिय खेलाडी मिनाको बायाँ मांसपेशी च्यातिएको क्लबले जनाएको छ । सोही कारण उनी केही हप्ता मैदान बाहिर रहनेछन् । उनीको एभर्टनले पहिलो खेलमा लिभरपुलबिरुद्ध खेल्दै प्रिमियर लिगको सुरुवात गर्दैछ ।
२५ बर्षका मिना अहिले क्लबका मेडिकल स्टाफसंग पुर्नस्थापनाको काममा जुटिरहेका छन् । कोरोनाले लिग अबरुद्ध हुनुअघि मिनाले यस सिजन प्रिमियर लिगमा एभर्टनबाट २५ खेल खेलेका थिए । उनको चोट निको हुने चरणमा रहेको र राम्रो प्रगति देखिएको चिकित्सकले बताएका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ २१ बुधबार
Comments