काठमाडौं । चेल्सी विङ्गर क्यालुम हुडसन ओडोई मंगलबार अभ्यासमा फर्किएका छन् । आईतबार बिहानै पक्राउ परेका उनी मंगलबार अभ्यासमा देखिएका हुन् ।
१९ बर्षका ईङ्ल्याण्डका अन्तराष्ट्रिय खेलाडी बलात्कारको आशंकामा पक्राउ परेका थिए । उनी धरौटीमा रिहा भएका हुन् । कोरोनाको परिक्षण गर्दा नेगेटिभ देखिएपछि उनलाई अभ्यासमा समावेश गरिएको हो ।
प्रिमियर लिगले खेलाडीहरुलाई सानो समुहमा अभ्यास गर्ने अनुमती प्रदान गरेको छ । सोही अनुसार खेलाडीले पहिलो चरणको अभ्यासमा सहभागी हुने मौका पाएका छन् । र विभिन्न क्लबले परिक्षण सकेर खेलाडीलाई अभ्यासमा सहभागी गराएका छन् ।
ओडोईले समुहमा मिडफिल्डर एन्गोलो कोन्टे, फरवार्ड क्रिस्टियन पुलिसिक, डिफेन्डर कार्ट जुमा र गोलकिपर किपा अर्रिजबलागासंग अभ्यास गरेको तस्विर देख्न सकिन्छ ।
आईतबारको घटनाको बिषयमा ओडोई र क्लबले कुनै प्रतिक्रिया जनाएका छैनन् । गत मार्चमा ओडोईले लण्डन क्लबसंग ५ बर्षको सम्झौतामा हस्ताक्षर गरेका थिए । तीन पटक ईङल्याण्डको क्याप जितेका उनी कोरोनाको संक्रमणबाट मुक्त हुँदै मैदान फर्किएका हुन् । मंगलबारमात्र प्रिमियर लिगले तीन क्लबका ६ खेलाडी र स्टाफमा कोरोनाको संक्रमण देखिएको पुष्टि गरेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ ७ बुधबार
Comments