काठमाडौँ । विश्वचर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ । कोरोना संक्रमणको आशंकामा उनलाई क्वारेन्टाइनमा राखिएको छ।
कोरोना प्रभावित मुलुक इटलीबाट हालै पोर्चुगल फर्किएका रोनाल्डोलाई मडेइरास्थित घरमै क्वारेन्टाइनमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
युभेन्टसका खेलाडी डानिएली रुगानीमा कोरोना भाइरस देखिएपछि रोनाल्डोलाई क्वारेन्टाइनमा राखिएको हो । रोनाल्डोले सहकर्मी रुगानीसँग कपडा फेर्ने कोठा प्रयोग गरेका थिए। एजेन्सी
प्रकाशित मितिः २०७६ फागुन ३० शुक्रबार
Comments