काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबार भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।
पुलिसले अर्को विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० ले पराजित गरेको हो। पुलिसको जितमा भोला सिलवालले गरेको गोल नै निर्णायक बन्यो । सिलवालले १३ औँ मिनेटमा गोल गरेका हुन् ।
जितपछि ९ खेलबाट १४ अंक जोडेको पुलिस क्लब पाँचौँ स्थानमा उक्लेको छ।
प्रकाशित मितिः २०७६ माघ १३ सोमबार
Comments