काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्ण संख्या २० पुर्याएको छ ।
सोमबार नेपालले कराते र तेक्वान्दो तर्फ समान ७/७ र ट्रायलथनमा १ गरि १५ स्वर्ण जितेको थियो ।
मंगलबार नेपालले उसु तर्फ २, कराँतेमा १, दौडमा १ र दुवाथलनमा १ स्वर्ण जितर स्वर्ण पदकको संख्या २० पुर्याएको हो ।
नेपालले उसुको थाउलोअन्तर्गत पुरुष र महिला छानछ्वानमामा स्वर्ण जितेको हो। महिलामा सुस्मिता तामाङले स्वर्ण जितिन् भने पुरुषमा विजय सिञ्जालीले थाउलोतर्फ छानछ्वानमा स्वर्ण जितेका हुन्।
नबिन रसाइलीले कराँतेको ६७ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । उता पोखरामा दुवाथलनमा हिमाल टमाटाले स्वर्ण जितेका छन् ।
त्यस्तै नेपालले महिला म्याराथनमा पनि स्वर्ण जितेको छ । सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी छिन्।
प्रकाशित मितिः २०७६ मंसिर १७ मंगलबार
Comments