काठमाडौ । सन् २०२० मा आयोजना हुने युरोकप छनोटमा विश्व विजेता फ्रान्सले साँघुरो जित निकालेको छ । छनोट अन्तर्गत शुक्रबार राति भएको समूह चरणको खेलमा फ्रान्सले आइसल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको छ ।
आइसल्याण्डको मैदानमा भएको खेलमा फ्रान्सलाई जित ओलिभर जेरुड नायक बने । जेरुडको एक मात्रमा गोलमा फ्रान्सले ३ अंक जोडेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६६ औं मिनेटमा जेरुडले पेनाल्टीमा गोल गरेका थिए । उक्त गोल नै फ्रान्सको जितमा निर्णायक बन्यो । फ्रान्सका लागि उनको यो ३७ औं गोल हो ।
जितसँगै समूह एच को फ्रान्सले युरोकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ । फ्रान्सले ७ खेलबाट १८ अंक जोडेको छ । र, समूहको दोस्रो स्थानमा छ । १२ अंक जोडेको आइसल्याण्ड तेस्रो स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज २५ शनिबार
Comments