काठमाडौं । स्कटल्याण्डको लिग च्याम्पियन सेल्टिक च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ ।
च्याम्पियन्स लिग छनोट अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा रोमानियाको सीएफआर क्लुजसँग ४-३ गोल अन्तरले पराजित हुँदै सेल्टिक प्रतियोगिताबाट बाहिरिएको हो । सीएफआर क्लुज भने समग्रमा ५-४ को जित निकाल्दै च्याम्पियन्स लिगमा छनोट भएको छ । दुई टोलीबीचको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो ।
दोस्रो लेगमा सीएफआर क्लुजलाई जित दिलाउन बिलेल ओम्रानीले दुई गोल गरे । यस्तै सिप्रियन लोन र जर्जले एक एक गोल गरे ।सेल्टिकका जेम्स फोरेस्ट,ओड्सन एडवार्ड र रायन क्रिस्टीले एक एक गोल फर्काए । गत सिजन सेल्टिकले च्याम्पियन्स लिगको अन्तिम ३२ सम्मको यात्रा तय गरेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७६ साउन २९ बुधबार
Comments