भक्तपुर । भक्तपुर जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि सिद्धि गणेश खेलकुद समितिले जितेको छ । शनिबार बिहान महेश्वरी खेल मैदानमा भएको फाइनल खेलमा सिद्धि गणेशले भक्तपुर डिलाईट फुटबल क्लबलाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो ।
सिद्धि गणेशका लागि प्रदिप क्षेत्रीले दुई तथा सुसान श्रेष्ठले एक गोल गरे । प्रतियोगितामा विजेता, उपविजेता खेलाडीहरुलाई सांसद प्रेम सुवालले प्रमाणपत्र, मेडल र शिल्ड वितरण गरेका थिए ।
प्रकाशित मितिः २०७६ साउन २६ आइतबार
Comments