काठमाडौं। न्युजिल्यान्ड टुरमा रहेको बंगलादेशको राष्ट्रिय क्रिकेट टोली सम्भावित ठूलो दुर्घटनाबाट जोगिएको छ । शुक्रबार विहान न्युजिल्याण्डको अल नूर मस्जिदमा गोली चल्दा मस्जिद जान लागेका खेलाडी दुर्घटनाबाट जोगिएका हुन् ।
अज्ञात समुहले चलाएकोे गोलीमा हालसम्म ९ को मृत्यु हुनुका साथै ५० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् । उक्त मस्जिदमा गालि चलि रहेको बेला वंगलादेश क्रिकेट टोलीपनि त्यहिँनजिक रहेको पाइएको छ । बंगलादेशका ओपनर तमीम इकवालका अनुसार बंगालदेश क्रिकेट टिम भने सुरक्षित छ । इकवालले ट्वीट गर्दै आफुहरु सुरक्षित रहेका जनाएका छन् ।
बंगालदेश तीन टेस्टको दौरानमा अन्तिम खेलको लागि न्युजिल्यान्डमा रहेको छ । टुरका आगामी सबै खेल रद्द भएको जानकारी न्युजिल्यान्ड बोर्डले दिएको छ । न्युजिल्यान्ड प्रहरीले उक्त मस्जिदमा कडा सुरक्षाका साथ घेरेको बताइएको छ । एजेन्सी
प्रकाशित मितिः२०७५ चैत १ शुक्रबार
Comments