काठमाडौं–दुबईमा जारी एकदिवसीय क्रिकेटको तेस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।
यसअघिको दुई खेल एक एकको बराबरीमा रहेको छ । पहिले खेलमा युएई ३ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा नेपाल १ सय ४५ रनको फराकिलो अन्तरले जीत हासिल गरेको थियो । आजको खेलमा राष्ट्रिय टोलीबाट सीनदप जोराले डेब्यु गरेका छन् । आज पवन सर्राफको स्थानमा सन्दिप जोरालाई ल्याइएको छ ।
अहिले नेपाली समयअनुसार बिहान सवा ११ बजे खेल सुरु हुँदैछ ।एजेन्सी ।
प्रकाशित मितिः २०७५ माघ १४ सोमबार
Comments