काठमाडौं । लण्डन क्लब चेल्सी आफ्नै घरेलु मैदानमा पराजित भएको छ । जारी इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधिको दाबेदार मानिएको चेल्सी लेष्टर सिटीसँग पराजित भएको हो ।
शनिबार भएको खेलमा चेल्सी लेष्टरसँग १–० ले पराजित भएको हो । लेष्टरलाई जित दिलाउन जेमी भार्डीले निर्णायक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१ औं मिनेटमा भार्डीले गोल गर्दै लेष्टरलाई ३ अंक दिलाए ।
यस नजितासँगै चेल्सीलाई हराएको लेष्टर २५ अंक जोडेर लिगको नवौं स्थानमा छ भने चेल्सीले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । चौथो स्थानको चेल्सीसँग ३७ अंक छ ।
यस्तै गए रातिकै अर्को खेलमा म्यानचेष्टर युनाइटेडले शानदार जित निकालेको छ । उसले कार्डिफ सिटीलाई ५–१ गोलअन्तरले हराएको हो । युनाइटेडलाई जित दिलाउन जेस्से लिंगार्डले दुई तथा मार्कुस राष्फोर्ड, एन्डर हेरेर्रा, एन्थोनी मार्टियलले समान एक–एक गोल गरे ।
प्रकाशित मितिः २०७५ पुष ८ आइतबार
Comments