काठमाडौं । आगामी बुधबारदेखि हुने एसिया कप छनोट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय टोली मलेसिया पुगेको छ। श्रीलंकामा एक साताको विशेष प्रशिक्षण र अभ्यास गरेको २० सदस्सीय नेपाली टोली सोमबार मलेसिया पुगेको हो। क्यारेबियन प्रिमियर लिगमा व्यस्त नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने भने आज मंगलबार मात्र मलेसिया पुग्नेछन्।
नेपालले श्रीलंकामा खेलेका तीनै अभ्यास खेल जितेको थियो। श्रीलंकाको फस्ट क्लास क्लबहरू श्रीलंका आर्मी, कोल्ट्स र ब्लुमफिल्ड क्लबलाई हराएको नेपाल उच्च मनोवलका साथ मलेसिया पुगेको हो। एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले प्रतिश्पर्धा गर्नेछन्।
प्रकाशित मितिः २०७५ भदौ १३ बुधबार
Comments