काठमाडौंः रसियामा जारी २१ औं विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । गएराति सम्पन्न चौथो क्वाटरफाइनलसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । सेमिफाइनलमा फ्रान्स, बेल्जियम, इंगल्याण्ड र क्रोएसिया पुगेका छन् ।
सेमिफाइनल खेल असार २६ र २७ गते हुने छ । पहिलो सेमिफाइनल असार २६ अर्थात जुलाइ १० तारिख मंगलबार राति ११ः४५ बजे हुनेछ भने दोस्रो सेमिफाइनल असार २७ (जुलाई ११ तारिख) बुधबार हुनेछ ।
क्वार्टरफाइनलमा फ्रान्सले युरुग्वेलाई तथा बेल्जियमले ब्रजिललाई हराएको थियो । त्यसैगरी इंगल्याण्डले स्वीडेनमलाई हराएको थियो । क्रोएसियाले आयोजक रसियालाई हराएको छ ।
यो समीकरणले २१ औं शताब्दीको नयाँ विजेता पाउने छ । पूर्व विजेताहरु दुई टिममात्र अहिले सेमिफाइनलमा छन् । इंगल्याण्डले सन् १९६६ र फ्रान्सले सन् १९९८ को विश्वकप जितेको थियो ।
Comments