२५ फागुन । श्रीलंकामा जारी त्रिदेशीय टी–२० शृंखलाको दोस्रो खेलमा भारतले बंगलादेशलाई ६ विकेटले हराएको छ । हिजो भएको खेलमा बंगलादेशले दिएको १४० रनको विजय लक्ष्य भारतले ४ विकेट गुमाउँदै आठ बल बाँकी रहँदा पूरा गरेको हो ।
भारतको जीतमा ओपनर शिखर धवनले सर्वाधिक ५५ रनको योगदान दिए । त्यस्तै, सुरेश रैना र मनिष पाण्डेले क्रमशः २८ र २७ रनको योगदान दिए । बंगलादेशका लागि रुबेल हुसैनले २ विकेट लिए ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको बंगालदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो ।बंगलादेशका लागि लिटन दाशले सर्वाधिक ३४ रन बनाए भने शब्बिर रहमानले ३० रन बनाए । भारतका लागि जयदेव उनाडकटले ३ तथा विजय शंकरले २ विकेट लिए ।
पहिलो खेलमा भारत आयोजक श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । (एजेन्सी)
भारतद्वारा बंगलादेश ६ विकेटले पराजित
0
Share.
Comments