काठमाडौ १५ पुस । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी विमल घर्ती मगर र अनन्त तामाङ थ्री स्टार क्लबमा आबद्ध भएका छन्। राष्ट्रिय टोलीका नियमित सदस्य विमल र अनन्तले थ्री स्टारसँग ६ महिनाको सम्झौता गरेका छन्।
पछि यो सम्झौता थपिन सक्ने थ्री स्टारले जनाएको छ। एन्फा एकेडेमीका उत्पादन रक्षक अनन्त र स्ट्राइकर विमलले युरोपमा समेत प्रशिक्षण गर्ने अवसर पाइसकेका छन्। ए डिभिजन लिगलाई लक्षित गर्दै विमल र अनन्तसँग सम्झौता गरेको भन्दै थ्री स्टार क्लबले लिगको टुंगो नलागेपनि आफूहरूले विमल र अनन्तसँग सम्झौता गरेको जनाएको छ ।
Comments