काठमाडौं । एसीसी मेन्स प्रिमियर कप क्रिकेट अन्तर्गत समूहचरणको अन्तिम खेलमा नेपालले साउदीलाई ६ विकेटले पराजित गरेको छ। समूहचरणमा शतप्रतिशत जित निकालेसँगै हङकङ समूह ‘ए’ उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनाउन सफल भयो।
टस हारेर पहिले ब्याटिङ गरेको साउदीले नेपाललाई ७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। वर्षाका कारण ८ ओभरमा घटाइएको खेलमा ७ विकेट गुमाएर ७३ रन बनायो। साउदीका लागि अब्दुल वाहिदले ३७ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक कुनैपनि खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन्।
साउदी विरुद्ध कसिलो बलिङ गर्ने क्रममा करण केसी र अभिनास बोहराले २–२ विकेट लिंदा ललित राजवंशी र प्रतिश जिसीले समान १–१ विकेट लिए। जवाफमा नेपालले उक्त लक्ष्य ४ बल बाँकी हुँदा ४ विकेट गुमाएर पुरा गरेको थियो। नेपालको जितमा गुल्सन झाले ३२ रनको नटआउट इनिङ खेल्दा दिपेन्द्र सिंह ऐरीले १७ रन बनाए। त्यस्तै कप्तान रोहित पौडेलले १६ रनको नटआउट इनिङ खेलेका थिए।
नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरीसेकेको छ। साउदीलाई भने सेमिफाइनलमा पुग्न जित आवश्यक छ। अर्को खेलमा हङकङले मलेसियालाई फराकिलो अन्तरले हराएको थियो भने नेपाले हङकङ अनुकुल नतिजा निकाल्दा हङकङले पनि सेमिफाइनलमा स्थान बनायो।
प्रकाशित मितिः २०८१ बैशाख ०५ बुधबार
Comments