एजेन्सी, १ साउन । महिलातर्फको विम्बल्डन टेनिसको उपाधि स्पेनकी गार्विन मुगुरुजाले हात पारेकी छिन् । ५ पटककी विजेता भेनस विलियम्सलाई फाइनलमा ७–५ र ६–० को सोझो सेटमा हराउँदै २३ बर्षकी मुगुरुजाले पहिलोपटक विम्बल्डनको उपाधि जितेकी हुन् ।
पराजयसंगै भेनसले विम्बल्डन जित्ने सवैभन्दा बढी उमेरकी खेलाडी हुने मौका पनि गुमाएकी छन् । यससँगै मुगुरुजा विलियम्स दिदीबहिनीलाई हराउने पहिलो महिला खेलाडी पनि भएकी छन् । उनले सन् २०१६ को फ्रेन्च ओपनमा सेरेना विलियम्सलाई हराएर फ्रेन्च ओपन जितेकी थिइन् ।
महिलातर्फको विम्बल्डन टेनिसको उपाधि स्पेनकी मुगुरुजालाई
0
Share.
Comments