एजेन्सी, २८ बैशाख । एथ्लेटिको मड्रिडसँग २–१ ले पराजित भएपनि साबिक विजेता रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा घरेलु प्रतिस्पर्धी एथ्लेटिको मड्रिडसँग २–१ ले पराजित भएपछि समग्रमा ४–२ को जितसहित रियल मड्रिड फाइनलमा पुगेको हो ।
घरेलु मैदानमा भएको दोस्रो लेगमा एथ्लेटिकोका लागि १२ औं मिनेटमा साउल निगुएज र १६ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरे । २–० ले पछि परेको रियलका लागि टोनी क्रसको पासमा इस्कोले ४२ औं मिनेटमा गोल गरे ।
रियल मड्रिडले अब उपाधिका लागि फाइनलमा इटालियन क्लब युभेन्टससँग आउँदो जुन ३ मा कार्डिफमा खेल्ने छ । यसपटक पनि उपाधि जिते रियल मड्रिड लगातार उपाधि जित्ने पहिलो टिम बन्नेछ ।
पराजित भएपनि साबिक विजेता रियल मड्रिड फाइनलमा
0
Share.
Comments