एजेन्सी ३१ चैत । भारतीय क्रिकेट टिमका प्रारम्भिक ब्याट्सम्यान गौतम गम्भीरले कश्मिरको विषयमा एउटा कडा बयान दिएका छन्। एक भारतीय सैनिकलाई हानेको थप्पडको बदला सय जिहादीलाई मार्नु पर्ने प्रतिक्रिया दिएका छन्।
ट्विटरमा उनले यस्तो लेखेपछि सामाजिक सञ्जालमा उनलाई समर्थन भारतीयको भीड लागेको छ। उनले काश्मिरमा चलिरहेको पृथकतावादी आन्दोलनको विषयमा आफ्नो विचार राख्दै भनेका छन्,’काश्मिर हाम्रो हो।
उनले अर्को ट्विटमा भारतको झन्डाको रंगको विषयमा प्रतिक्रिया जनाउदै भनेका छन्, हाम्रो झन्डाको तीन वटा रंगको अर्थ हुन्छ, केसरी रंग– हाम्रो क्रोधको आगो हो। सेतो रंग– आतंकवादीलाई सेतो कपडा र हरियो रंग–आतंकको विरोध।
भारतीय सैनिकलाई हिर्काउँदै युवाहरू हिडिरहेक भिडियो समाजिक सञ्जालमा भाइरल भएपछि उनले यस्तो ट्वीट गरेका हुन्। यो भिडियो काश्मिरको भएको अनुमान गरिएको बिबिसी हिन्दीले लेखेको छ।
Comments