काठमाडौं । भारतका राष्ट्रिय सुटिङ खेलाडी नमन पाली वालको सडक दुर्घटनामा मृत्यु भएको छ । यस दुर्घटनामा अर्की एक महिला खेलाडी पनि गम्भिर घाइते भएकी छिन् । उनलाई उपचारका क्रममा इन्दोर रेफर गरिएको छ ।
मिडिया रिपोर्टअनुसार उनी सवार कार निकै तिव्र गतिमा थियो । अनियन्त्रित कार डिभाइडरमा ठोक्किदा दुर्घटना निम्तियो । मध्य प्रदेशमा मुख्यमन्त्री शिवराजसिंह चौहानले यस घटनाप्रति दुःख प्रकट गरेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ साउन १४ बिहिबार
Comments